Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan

काठमाडौँ, ५ कात्तिक ९रासस० ः दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले लामो समयदेखि नेपाली भाषा, साहित्य सिर्जनामा देश र विदेशमा समेत विशेष योगदान पु¥याउनुभएका प्रा डा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

प्रा डा सुवेदीका नेपाली लिट्रेचरः ब्याकग्राउण्ड एन्ड हिस्ट्री, विश्व साहित्यको ऐतिहासिक रूपरेखा, पाश्चात्य काव्य सिद्धान्त, अग्निकथा, निबन्ध र टँुडिखेल, जापानी हाइकु ः हिजो र आजलगायत नाटक, निबन्ध, कविता समालोचना तथा अनुवाद विधाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार शिवबहादुर कार्कीलाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । पत्रकार कार्की विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । उहाँले पाँच दशकभन्दा बढी पत्रकारिताका क्षेत्रमा सेवा गर्नुभएको छ । हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार गत वर्ष साहित्यकार प्रा डा गोविन्दराज भट्टराई र पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको थियो ।

पचास वर्षदेखि नेपाली भाषा, साहित्य र कला संस्कृतिको संरक्षण, स्रष्टाको सम्मानमा लाग्नुभएका सुवेदीको नाममा छोरा शरदराज सुवेदी र रुपकराज सुवेदीले बुबाको नाममा रु १५ लाखको कोष स्थापना गरी उक्त कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan