Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल कार्तिक ५ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । आश्विन महिनाको ५ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको २२ तारिख ।
तिथीः दक्षिणायन, शरद् ऋतु कार्तिक शुक्लपक्षको तृतीया तिथी ।
योगः आयुष्मान योग, १६ः१५ बजेपछि सौभाग्य योग ।
नक्षत्रः विशाखा नक्षत्र, १२ः०६ बजेपछि अनुराधा नक्षत्र ।
करणः तैतिल करण १४ः२० बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः०८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२६ बजे ।
राहुकालः १६ः०१ बजेपछि १७ः२६ बजेसम्म ।
यात्राः  उत्तर दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन गोचर स्थिति प्रतिकूल हुनाले कामकार्य र स्वास्थ्यमा समस्या सृजना हुनसक्ने सम्भावना देखिएको छ । औषधिलगायतका विषयमा सञ्चित धनको खर्च गर्नपर्ने बाध्यता बन्नसक्ने छ भने शत्रुवर्ग सक्रिय भई कार्याबरोध गर्नसक्ने छन् । आफ्नै बुद्धिले सही मार्ग नऔंल्याउँदा दुःख पाइनसक्ने तथा किंकर्तव्यविमूढता र अशान्ति हुनसक्ने छ । व्यवहारिक तरिकाबाट सजगता अप्नाउन तथा संयमपूर्वक चनाखो रहन जरुरी देखिन्छ । आज दीर्घरोगीहरूले स्वास्थ्यमा अल्लि बढी ख्याल पुर्याउनु होला । कसैकसैलाई वैगुणी प्रेमसम्बन्धको यादगारले सताउनसक्ने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज आमोद–प्रमोद चाहनामा बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । व्यवसायिक उन्नति हुनाले केहीहद्सम्म आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । चोटपटक आदिको भने भय देखिएकोले यात्राको हकमा अल्लि विचार पुर्याउन पर्ने देखिएको छ । कैफिययुक्त प्रेम वा विवाहको प्रस्ताव आउनसक्ने भएकोले सजिलै स्वीकार गरी नहाल्नु बुद्धिमानी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने अपेक्षित कार्यमा सफलताको लागि श्रीसूर्यनारायणको स्तुति एवं ध्यान भक्ति गनु उपयुक्त हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज सामान्यतया दैनिक कामकार्य साविकै रुपमा अगाडि बढ्ने नै छन् त्यसको बाबजुत पनि मुख्य ठानिएका केही काम तथा विषयको बारेमा विद्वदताको फुर्ति र मनोयोजनाको तर्जुमा वेकामि हुनसक्ने देखिन्छ ।  टुङ्गिन नसक्ने अथवा नभ्याउने विषयको वहसको थालनी हुनसक्ने सम्भावना छ ।  आत्मप्रशंसाको आसक्ति बढेर जाने र मानसिक पछुतो पर्नसक्ने सम्भावना देखिएको भएता पनि वस्तुपरिस्थितिलाई मनन् गरी गाम्भीर्यताको साथमा स्वकर्ममा लगनशील रहनेले समयको उपलब्धि निकाल्न सकिने छ । गोचरको अस्पष्ट भूमिकालाई न्यूनिकरण गर्न सूर्यदेवको सेवा वा मार्गदर्शन ग्रहण गर्नु गर्नु उपयुक्त हुनेछ ।   


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर विद्यार्जनमा सकारात्मक छ । विद्यार्थीको लागि दिन बढी उपयोगी रहनसक्ने छ । प्रवचन संभाषण क्षेत्रको पेशा हुनेहरुको लागि पनि उपलब्धि मूलक हुनेछ । यो राशि हुने अन्य सर्वसाधारणको लागि पनि बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित हुने तथा प्रशंसा मिल्नेछ । सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यवसायमा प्रगति र आर्थिक लाभको योग छ । नयाँ प्रेमसम्बन्धको साइत जुर्न सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोगिता शुभप्रद हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गिसँग कटुता बढ्नसक्ने सम्भावनालाई पनि नकार्न सकिन्न । विरोधी तत्त्वले पनि यही मौकामा प्रहार गर्नसक्ने भएकोले चनाखो हुन जरुरी देखिन्छ । पारिवारिक एवम् कार्यक्षेत्र आदिमा बाधाब्याबधान आउँदैमा हतास मानसिकता गरिहाल्न भने पर्दैन, बरु उपयुक्त उपाय अवलम्बन गर्नु उचित हुनेछ । नचिताएको पक्षबाट आर्थिकको साथै अन्य उपलब्धि हुनसक्ने छ । आज यहाँलाई चार अङ्क, सेतो तथा रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि सात्त्विक आहारविहारमा रहेर हनुमान शक्ति जागरण गर्नु शुभ हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पौरखी गोचर परेको हुनाले पराक्रम बढेर आउने छ । सानातिना काममा सहजै सफलता मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने छ । साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढ्नेछ । दाजुभाईबीचको द्वन्दमा पनि केही समाधान आउने देखिन्छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग तथा सूर्यनमस्कारको अभ्यास गर्नु शुभप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन ग्रहगोचर अनुकूल एवम् सकारात्मक प्रभावशाली देखिएको छ । वाणीमा मिठास आउने हुनाले बोलीवचनको भूमिकाले मान्छेहरुको मन जित्न सकिनेछ । प्रवचन, भाषण तथा अध्यापन एवम् तर्कजन्य विषयमा यहाँको प्रस्तुति सकारात्मक र प्रभावशाली हुनेछ । व्यवसायिक कार्यमा प्रगति हुनगई आर्थिक सुधार एवम् लाभ हुनेछ । परोपकार एवम् समाजिक सेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ तथा परिवारमा नयाँ सदस्यको आगमन हुनसक्ने छ । आज यहाँको लागि दोस्रोक्रमसँख्या, उज्यालो रंगको प्रयोग फापसिद्ध रहनेछ भने भगवान सूर्यनारायणको हितप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन समस्या तथा जिम्मेवारीको भार कम भएर केही हद्सम्म राहत मिल्नेछ । सहयोग तथा सरसापट मिल्नसक्ने हुनाले प्रतिकूल गोचरको कारण समस्या झेलिरहनु भएकाहरुलाई आत्मबल बढ्नेछ । उद्यमप्रति उद्यत भइनेछ । व्यवसायिक लगानीको अवसर तथा प्रस्ताव आउनसक्ने छ । कपट पार्टनर्शिपको फेला परिनसक्ने पनि सम्भावना रहेकोले होसियारी हुन भने जरुरी देखिन्छ । कुनै माङ्गलिक कार्य आदिको निमन्त्रणा मिल्नसक्ने छ । शुभेच्छुक भेटिने र कामकार्य आदिमा मद्दत गर्नेछन् । व्यापार आदि पेशाको क्षेत्रबाट लाभ ंहुने र सुख एवम् शान्ति मिल्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन बुद्धिले काम नगर्ने र घमण्डी स्वभाव पनि बढ्नसक्ने गोचर प्रभाव परेको छ । आफ्नै व्यवहारको कारण मानप्रतिष्ठामा ह्रास आउनसक्ने छ । कामकार्यमा दिग्दारी हुनसक्ने तथा परिश्रम अनावश्यक हुनसक्ने सम्भावना छ । विचार गरेर मात्रै अघि बढ्नु पर्ला । साविक भन्दा अल्लि बढी मात्रामा खर्च बढ्ने एवं शत्रु बाधाको पनि सामना गर्नपर्ने हुनसक्ने छ । मनमा उद्दिग्नता, अपजश आइपर्न सक्नेछ संहालिन जरुरी छ । ग्रहगोचरको प्रभावलाई मनन् गरी धैर्यतापूर्वक स्वकर्ममा लगनशील रहनसकेमा प्रत्यक्षाप्रत्यक्ष केही उपलब्धि उठाउन सकिएला । भगवान सूर्यनारायणको दर्शन भक्तिले प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन यद्यपि आयप्रद दिन हो तरपनि विशेष अपेक्षित उपलब्धिमा अदृष्य रोकावट आउनसक्ने सम्भावना भने देखिएको छ । सामान्यतया व्यवसायिक कार्यबाट केही हद्सम्म लाभ गर्नसकिने छ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्ने सम्भावना छ । केही सफलता र लाभ भइहाल्दा हौंस्याहट् तथा महत्त्वाकांक्षा बढ्ने पनि हुनसक्ने सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । आज यहाँको लागि २ अंक, सेतो रङ्ग अनुकूल रहनेछ । विशेष अपेक्षित कार्यमा आउने अबरोधलाई निवारणको लागि भैरवदेवको स्तुति तथा दर्शनभक्ति गर्ने र कुकुरको सेवा गर्ने गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा मिल्ने खालको रहेको छ । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा जिम्मेवारी थपिनसक्ने तथा गरिएको कार्यको जश एवं प्रशंसा प्राप्त हुनेछ । उच्चवर्ग तथा उच्चपदस्थ व्यक्तित्तहरु सँगको भेटघाटले महत्त्वाकांक्षी भावना पनि बढाउनसक्ने छ । विशेष विषयमा गम्भीर चर्चाको वातावरण बन्नसक्ने छ । कार्यक्षेबाट यथोचित भौतिक लाभ हातपर्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग अनुकूल रहने छ भने भगवान सूर्यदेवको भक्तिभाव गर्नाले स्थिति अझ प्रभावकारी हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन भाग्यप्रद रहेको छ । सात्त्विक विचारको प्रभाव बृद्धि हुने तथा आस्थाको धरोहरको जग बलियो हुनेछ । धर्मकर्ममा अग्रसरताको बलले जनजीवनका विभिन्नपाटोमा समेत लाभ पुर्याउने छ । पेशा तथा व्यवसायिक कार्यमा समेत सफलता मिल्नाले स्तरबृद्धिको लागि आँट बढ्नेछ । जागिर तथा नोकरी आदिमा आएका असन्तुष्टिहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । साथ छाडेर पर गएका प्रेमि प्रमिका तथा साथसंगतिपनि पुनः नजिक हुनेछन् । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान श्रीसूर्यदेवको दर्शन स्मरण वरदानतुल्य हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan